News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनका मौरी पालक किसानले चरन अभावका कारण मौरी चरनका लागि दाङ, प्यूठान र रोल्पालगायत जिल्लामा लैजान थालेका छन्।
- मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइका अनुसार यहाँका ७० प्रतिशत मौरीका घार बाहिर लैजाने गरिन्छ।
- चितवनमा १६ हजार २०० घार मेलीफेरा र ३०० घार सेरेना जातको मौरी पालन गरी वार्षिक ४६५ मेट्रिकटन हाराहारी मह उत्पादन हुँदै आएको छ।
१२ कात्तिक, चितवन । चितवनका मौरी पालक किसानले मौरी चरनका लागि बाहिरी जिल्ला लैजान थालेका छन् । यहाँ मौरीका लागि चरनको अवस्था यो मौषममा नहुने भएकाले जिल्ला बाहिर लैजान थालेका हुन् ।
मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइका अनुसार अहिलेको समयमा चरन क्षेत्रको अभाबका कारण यहाँका किसानले बाहिरी जिल्लामा मौरी चराउन लाने गरेका छन् ।
उनका अनुसार दाङ, प्यूठान, रोल्पालगायतका जिल्लामा मौरी चरनका लागि लैजाने गरिएको छ । उनले भने, ‘यहाँका ७० प्रतिशत मौरीका घार चरनका लागि बाहिर लैजाने गरिएको छ।’
दाङमा यो समयमा तोरी फूल्ने भएकाले ६० प्रतिशत मौरीका घार लैजाने गरेको उहाँले बताउनुभयो । यस्तै प्यूठान र रोल्पामा १० प्रतिशत घार लैजाने गरिन्छ ।
जिल्लामा रहेका गोलामध्ये बलियो गोला छनोट गरेर चरनका लागि लैजाने गरिएको छ । यहाँ यो समयमा चरन नहुँदा बाँकी रहेका ३० प्रतिशत मौरीलाई चिनीको घोल (चास्नी) खुवाएर राख्ने गरिएको उनले बताए।
उनका अनुसार यहाँ राखिएका मौरीबाट मह निकाल्न मिल्दैन । यहाँका मौरी पालक किसानले १६ हजार २०० घार मेलीफेरा र ३०० घार सेरेना जातको मौरी पालन गरेको उनले जानकारी दिए।यसबाट वार्षिक ४६५ मेट्रिकटन हाराहारी मह उत्पादन हुँदै आएको छ।
प्रतिक्रिया 4