१३ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले मापदण्ड विपरीत एक व्यक्तिको घरमा सुरक्षाकर्मी पठाइएको विषयमा सोधखोज सुरु गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीलाई नक्साल निवासी ‘कृति पाण्डे’को घरमा पठाइएको भनी सूचना आएपछि मन्त्रालयले सोधखोज सुरु गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा हेड कन्स्टेबलको रुपमा कार्यरत सुरेन्द्र मगर सवारीचालकको रुपमा खटाइएका हुन् । उनलाई दशैदेखि सवारीचालकको रुपमा खटाइएको थियो ।
‘मापदण्ड विपरित सुरक्षाकर्मी खटाइएको विषयमा उजुरी आएपछि हामीले खोजबिन सुरु गरेका छौं’ मन्त्रालयसम्वद्ध स्रोतले भन्यो, ‘निवर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीकै सूरक्षाकर्मी तानिएपछि अरुको हकमा सुरक्षाकर्मीहरु दुरुपयोग गर्नु हुदैन भन्ने हाम्रो उद्देश्य हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4