१३ कात्तिक, काठमाडौं । देशका विभिन्न जिल्लामा ४ जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार मोरङ, रूकुम पश्चिम, पाँचथर र बैतडीमा गरी ४ जना बिहीबार मृत फेला परेका हुन् ।
मोरङको सुन्दरहरैँचा नगरपालिका-४ गैरी टोल बस्ने ४० वर्षीय युवराज ताम्ली बिहीबार मृत फेला परेका हुन् । उनी आफ्नै घरमा बिहीबारर मृत फेला परेका हुन् ।
यसैगरी रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ दवाङस्थित खेल मैदान छेउमा एक जना पुरुष मृत फेला परेका छन् ।
परिचय खुल्न नसकेका करिब ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी पाँचथरको कुम्मायक गाउँपालिका-४ जरायोटारमा एक जना मृत फेला परेका छन् ।
आफ्नै घर नजिकै ४३ वर्षीय पदमराज सम्बाहाम्फे मृत फेला परेका हुन् ।
यसैगरी बैतडीको मेलौली नगरपालिका-७ पच्कोरामा एक व्यक्ति मृत फेला परेका छन् ।
५५ वर्षीय भिम सिंह रावत सोही नगरपालिका-६ ओइलास्थित भिरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा सम्बन्धित जिल्लाका प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4