+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कांग्रेस संस्थापन इतरको निष्कर्ष: आगामी १६ पुसमा महाधिवेशन

नयाँ कार्यतालिका आजकै केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्न महामन्त्रीद्वयलाई जिम्मा

इतर समूहले आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबारको बैठकमा पेस गर्न महामन्त्रीद्वयलाई जिम्मा दिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचनअगावै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
  • इतर समूहले पुस १६ मा महाधिवेशनको मिति तोक्ने र कार्यतालिका बनाउन महामन्त्रीद्वयलाई जिम्मा दिएको छ।
  • कोइरालाको कार्यालयमा बसेको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए।

१४ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

नेता डा. शेखर कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा शुक्रबार बिहान बसेको इतर समूहको बैठकले २१ फागुनको निर्वाचनअगावै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो।

‘नियमित महाधिवेशन निर्वाचन अगाडि नै गर्नुपर्छ, ढिलोमा पुस मसान्तभित्र गरिसक्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ विशाल नगर बैठकमा सहभागी एक नेताले भने, ‘पुस १६ मा महाधिवेशनको मिति तोक्ने गरी भनेका छौं।’

इतर समूहले आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबारको बैठकमा पेस गर्न महामन्त्रीद्वयलाई जिम्मा दिएको छ।

‘पुस १६ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउने, कार्यवाहक सभापतिसँग कुरा गरेर आजकै बैठकमा प्रस्ताव पेस गर्ने सल्लाह भएको छ,’ ती पदाधिकारीले भने।

कोइरालासँगको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?