+
+
Shares

जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने ३ जना पक्राउ, प्रिन्टर र राउटर बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १२:०५
जेनजी आन्दोलनका बेला राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र आगजनी हुनुका साथै त्यहाँबाट सरसामान चोरी भएको थियो ।

१४ कात्तिक, काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा छन् ।

उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

उनीहरुले जेनजी आन्दोलनको बेला राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र आगजनी हुनुका साथै त्यहाँबाट सरसामान चोरेको आरोप छ ।

उनीहरुको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?