+
+
Shares

जुवा खालबाट २६ जना पक्राउ, २ लाख ६२ हजार नगद बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १२:२५
सांकेतिक फोटो

१४ कात्तिक, काठमाडौं । जुवातास खेलेको आरोपमा विभिन्न जिल्लाबाट २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ, महोत्तरी र झापा जिल्लाबाट प्रहरीले २६ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ लाख ६२ हजार ८०० रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१८ कात्तिके डाँडास्थित कालिका सामुदायिक वनको प्रतिक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१० खैरा बस्ने ३२ वर्षीय विर बहादुर बुढा मगर समेत ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २ सय रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वर मन्दिरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–११ बस्ने ३८ वर्षीय टिका बहादुर किङरिङ समेत १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार रूपैयाँ र २६ थान कौडासहित पक्राउ गरेको हो ।

यसैगरी झापाको बिर्तामोड नगरपालिका–४ पश्चिम स्टेन डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका–४ बस्ने २९ वर्षीय राज कुमार साहको कोठामा जुवातास खेलिरहेको अवस्थामा राज कुमार समेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ६ सय रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?