 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- अफगानिस्तान र पाकिस्तानले युद्धविराम कायम राख्न टर्की र कतारको मध्यस्थतामा सहमति जनाएका छन्।
- नोभेम्बर ६ मा इस्तानबुलमा हुने बैठकमा युद्धविराम कार्यान्वयनका थप विधिहरूमा छलफल गरिनेछ।
- सहमती अनुसार सबै पक्षले प्रमाणिकरण संयन्त्र स्थापना गर्न र शान्ति कायम राख्ने पक्षलाई सजाय दिने व्यवस्था गर्नेछन्।
१४ असोज, टर्की । अफगानिस्तान र पाकिस्तान बिच शान्ति स्थापनाका लागि युद्धविराम कायम राख्न दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहमत भएका छन् ।
टर्की र कतारको मध्यस्थतामा उनीहरुले अक्टोबर २५ देखि ३० सम्म इस्तानबुलमा श्रृङ्खलाबद्ध बैठक गरेका थिए ।
टर्कीको विदेश मन्त्रालयले शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको संयुक्त विज्ञप्ति अनुसार बैठकको उद्देश्य ‘अक्टोबर १८–१९ मा दोहामा अफगानिस्तान र पाकिस्तानबिचको युद्धविरामलाई सुदृढ पार्नु रहेको जनाइएको छ ।
परिणाम स्वरुप दवै पक्ष युद्धविराम जारी राख्न सहमत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आगामी नोभेम्बर– ६ मा इस्तानबुलमा हुने प्रमुख स्तरको बैठकमा युद्धविराम कार्यान्वयनका थप विधिहरूबारे छलफल गरी निर्णय गरिने समेत जनाइएको छ ।
विज्ञप्तिमा सबै पक्षहरू प्रमाणिकरण संयन्त्र स्थापना गर्न सहमत भएको उल्लेख गर्दै यसले शान्ति कायम राख्ने पक्षलाई सजाय दिने सुनिश्चित गर्ने जनाइएको छ ।
सहमती पछि मध्यस्थकर्ताका रूपमा, टर्की र कतारले दुवै पक्षको सक्रिय योगदानको प्रशंसा गरेका छन् भने स्थायी शान्ति र स्थिरताका लागि दुवै पक्षसँग सहयोग जारी राख्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इस्तानबुलमा पछिल्लो चरणको बैठक पाकिस्तान र अफगानिस्तानबिचको बढ्दो तनावको पछि भएको थियो ।
पाकिस्तानसँग मित्रवत सम्बन्ध राख्ने टर्की र कतारले छलफललाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
कतारले यस अघि अफगान तालिबान र नेटो सेनाबिचको वार्ताका क्रममासमेत मध्यस्थकर्ताको रूपमा काम गरेको डनले जनाएको छ ।
डनले रिपोर्ट गरेअनुसार, पाकिस्तानले तालिबानलाई ‘आतङ्कवादी समूहहरूलाई पाकिस्तानविरुद्ध आफ्नो भूमि प्रयोग गर्नबाट रोक्न’ बारम्बार आग्रह गरेको छ, भने तालिबानले आरोपलाई अस्वीकार गरेको छ ।
अक्टोबर– ११ को घटनापछि सीमामा धेरै झडपहरू भएका छन् भने पाकिस्तानी आक्रमणले ‘अफगानिस्तानका शिविरहरू’ लाई लक्षित गरेको बताइएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4