+
+
Shares

पहिलो त्रैमासमा १ खर्ब २२ अर्ब भन्सार राजस्व संकलन, भेटिएन लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भन्सार विभागले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाएको छ।
  • असोजसम्म १ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँको लक्ष्य राखिएकोमा ८४.९ प्रतिशत मात्र राजस्व संकलन भएको छ।
  • साउनदेखि असोजसम्म मासिक लक्ष्य अनुसार राजस्व उठ्न सकेको छैन र प्रत्येक महिनामा लक्ष्यभन्दा कम संकलन भएको छ।

१४ कात्तिक, काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)सम्म १ खर्ब २२ अर्ब रुपैयाँ भन्सार राजस्व उठाएको छ ।

तर, कुनै पनि महिना लक्ष्य भने भेटिएन । विभागले असोजसम्म १ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । यस अवधिमा संकलन लक्ष्यको ८४.९ प्रतिशत मात्र प्राप्त भएको छ ।

यस वर्ष सरकारले भन्सार विभागबाट ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । पहिलो तीन महिनामा १ खर्ब २२ अर्ब ७ करोड उठेको छ ।

जुन पूरा लक्ष्यको २०.८ प्रतिशत हो । मासिक तथ्यांक अनुसार कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व उठ्न सकेको छैन । विभागका अनुसार साउनमा ४५ अर्ब ७१ करोड राजस्व संकलनको लक्ष्य थियो ।

संकलन भने ३७ अर्ब ९ करोड भएको छ । भदौमा ४८ अर्ब ५० करोडको लक्ष्य राखिएकोमा ४१ अर्ब ६ करोड मात्र उठेको छ । असोजमा ४९ अर्ब ५५ करोडको लक्ष्य राखेकोमा ४३ अर्ब ९१ कारेड रुपैयाँ मात्र संकलन भएको छ । तीन महिनामा लक्ष्यको क्रमशः ८१.१, ८४.७ र ८८.६ प्रतिशत राजस्व उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?