+
+
Shares

भारतका पूर्वक्रिकेटर अजहरूद्दीन तेलंगाना सरकारमा मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १४:४८

१४ कात्तिक, काठमाडौं । भारतका पूर्वक्रिकेटर मोहम्मद अजहरुद्दीनलाई तेलंगाना सरकारमा मन्त्री बनाइएको छ । अजहरुद्दीनलाई तेलंगानाका राज्यपाल जिष्णुदेव बर्माले शुक्रबार शपथ खुवाएका छन् ।

तेलंगाना सरकारको वेबसाइटका अनुसार वर्तमान सरकारमा मन्त्रीका रूपमा अजहरभन्द अघि कुनै मुस्लिम अनुहार थिएन । विपक्षीले अजहरुद्दीनलाई मन्त्री बनाइनुको कारण तेलंगानामा हुन गइरहेको जुबली हिल्स विधानसभा उपचुनावसँग जोडेका छन् ।

मोहम्मद अजहरुद्दीन क्रिकेट मैदानमा आफ्नो शानदार फिल्डिङ र ब्याटिङका लागि प्रख्यात थिए । उनले भारतीय टिमको कप्तानी पनि गरिसकेका छन् ।

अजहरले ९९ टेस्ट म्याचमा ४५ भन्दा बढीको औसतमा ६ हजार २१५ रन बनाएका थिए । उनले ३३४ एक दिवसिय खेलमा झण्डै ३७ को औसत दरमा ९ हजार ३७८ रन जोडेका थिए ।

क्रिकेट छोडेपछि अजहरुद्दीन राजनीतिमा उत्रिएका थिए । उनी उत्तर प्रदेशको मुरादाबाद सिटबाट कांग्रेसको टिकटमा सन् २००९ मा सांसद बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?