+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

अझै खुलेन बीपी राजमार्ग, पहिरो र लेदोले सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते ७:०६
फाइल तस्वीर

१५ कात्तिक, काभ्रेपलाञ्चोक । बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण अवरुद्ध राजमार्ग अझै खुलेको छैन ।

शुक्रबार बिहान देखि राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदोको अवरोधको कारण राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीले जानकारी दिए ।

लगातारको बर्षाका कारण बीपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतको स्थानमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । माम्तीको तल्लो भेगमा गत आसोजमा सड़क बगेर बनेको डाइभर्सनमा लेदो सहितको बाढ़ी पसेको छ ।

बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाभित्रको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकोले सुरक्षित यात्राको लागि सडकको अवस्था जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् । सवारी रोकीदा पूर्व जाने र पूर्वबाट काठमाण्डौ आउने यात्री मार्कामा परेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?