+

ओडिआईमा रोहितको २००० रन पूरा

२०८२ कात्तिक  १९ गते १२:५४ २०८२ कात्तिक १९ गते १२:५४
ओडिआईमा रोहितको २००० रन पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २००० रन पूरा गरेका छन्।
  • रोहितले ७५ खेलमा २ शतक र ११ अर्धशतक सहित सबैभन्दा धेरै रन बनाउने खेलाडीको रूपमा स्थान बनाएका छन्।
  • ओडिआईमा रोहितपछि सबैभन्दा धेरै रन आसिफ शेखले बनाएका छन्।

१५ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २००० रन पूरा गरेका छन् ।

लिग २ क्रिकेटअन्तर्गत यूएईमा जारी शृंखलामा यूएईसँग भइरहेको खेलमा ब्याटिङ गरिरहेका रोहितले २००० रन पूरा गरेका हुन् ।

उनी नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् । ७६ खेल खेलेका रोहितले २ शतक र ११ अर्धशतक बनाएका छन् ।

यसअघि गत साता बिहीबार भएको यूएईसँगको खेलमा उनले करियरको दोस्रो शतक बनाएका थिए ।

ओडिआईमा रोहितपछि सबैभन्दा धेरै रन आसिफ शेखले बनाएका छन् । आसिफको १६७७ रन छ भने तेस्रोमा कुशल भुर्तेलको १४५४ रन छ ।

चौथोमा आरिफ शेखले १३७५ रन बनाएका छन् भने दीपेन्द्रसिंह ऐरीले यस खेलअघिसम्म १२०४ रन बनाएका छन् ।

रोहित पौडेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय