+
+
Shares

सुनको भाउ बढ्यो, चाँदी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ।
  • शुक्रबार सुनको भाउ प्रतितोला २७ सय रुपैयाँले बढेको थियो।
  • चाँदीको भाउ आइतबार प्रतितोला ५ रुपैयाँले घटेर ३०५५ रुपैयाँ कायम भएको छ।

१६ कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको हो ।

अघिल्लो दिन शुक्रबार तोलामा २७ सय बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३९ हजार रुपैयाँ थियो ।

यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?