+
+
Shares

कार्यसम्पादन समितिमा नरहेका कांग्रेस संस्थापन पक्षीय नेता छुट्टै छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १०:१६

१७ कात्तिक, काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षीय नेताहरूको छुट्टै भेला बस्दैछ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बस्न लागेको हो ।

भेला अहिले केही बेरपछि नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांकेटमा बस्न लागेको केन्द्रीय सदस्य गुरू बरालले जानकारी दिए । ‘कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्य साथीहरू भेला हुँदैछौं’, उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले पनि नयाँ बानेश्वरमा आफूहरू छलफल गर्न गइरहेको बताए । ‘कुन टाइपमा जाने, निकास के होला भनेर छलफलमा बस्न लागेको हौं’, उनले भने ।

नेता बरालले भेलाबाट १५औं महाधिवेशनको मिति प्रस्ताव गरिने पनि बताए । भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारी कालागि आह्वान गरिने उनको भनाइ छ ।

‘हामी अधिवेशनको मिति प्रस्ताव गर्छौं’, बरालले अनलाइनखबरसँग भने, ‘निर्वाचनमा लाग्नका लागि आह्वान गर्छौं । हामी आवधिक निर्वाचनमा विश्वास गर्ने पार्टीका कार्यकर्ता हौँ । त्यसबाट भाग्न सक्दैनौं ।’

संस्थान पक्षीय केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन पनि माग गर्ने तयारी गरेका छन् ।

‘सामाजिक सञ्जालदेखि मिडियामा विशेष अधिवेशनको हौवा पिटिएको छ र विशेष माग गरेर निवेदन दर्ता गरिएको छ भनिएको छ । तर, बैठकमा प्रस्ताव आएको छैन,’ बरालले भने, ‘केन्द्रीय कार्यालयमा दर्ता भएको छ अरे, हामीलाई जानकारी छैन । त्यसकारण त्यो दर्ता के हो र त्यसमा गरिएको हस्ताक्षरको भेरिफाइ गरेर विशेष अधिवेशनको कुरा टुंगो लगाउन पनि हामी माग गर्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?