News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार अघिल्लो दिनकै मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुने बताएको छ।
- अन्तर्राष्ट्रिय बजारको मूल्यमा सामान्य उतारचढावका कारण चार दिनमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ।
- चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर ३ हजार ६० रुपैयाँ कायम भएको छ र असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड छ।
१७ कात्तिक, काठमाडौं । सोमबार अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनकै मूल्य तय गरेको हो ।
प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुने छ । अन्तर्राष्ट्रिय बजारको मूल्यमा सामान्य उतारचढाव रहेपछि यहाँ मूल्य स्थिर रहेको हो । चार दिनमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।
गत बिहीबार २ लाख ३६ हजार ३ सयमा सुनको कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुन हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको थियो ।
चाँदी भने आज तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ३ हजार ५५ रुपैयाँ प्रतितोला रहेको चाँदी आज ३ हजार ६० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ असोज ३१ गते ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4