+
+
Shares

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले सम्हाले कार्यभार

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेपछि राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्हाल्ने भएका छन्।
  • राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले संविधानको धारा ६७ को उपधारा २ बमोजिम उपराष्ट्रपतिले कार्य सम्पादन गर्ने जानकारी दिए।
  • राष्ट्रपति पौडेल सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट कार्यक्रममा सहभागी हुन कतारको दोहा प्रस्थान गरेका छन्।

१७ कात्तिक, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेपछि उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्हाल्ने भएका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन हुने गरी तोकिएको जानकारी दिए ।

राष्ट्रपति पौडेल सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन आज बिहान कतारको राजधानी दोहा प्रस्थान गरेका छन् ।

उनलाई उपराष्ट्रपति यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?