News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'जेरी अन टप'ले प्रदर्शनको १६ दिनसम्म देशब्यापी १० करोड ५१ लाख ४८ हजार ८०३ रुपैयाँ ग्रस कमाएको छ।
- चलचित्र विकास बोर्डले फिल्मले ३ लाख ३३ हजार वटा टिकट बिक्री गरेको तथ्यांक सोमबार सार्वजनिक गरेको छ।
- सुयोग गुरुङ निर्देशित यो पर्वतीय एड्भेन्चर-रोमान्टिक फिल्म २०८२ सालको उत्कृष्ट कमाइ फिल्ममध्ये पर्छ।
काठमाडौं । ‘जेरी अन टप’ १० करोड रुपैयाँ ग्रस कमाउने अनमोल केसी अभिनित पहिलो फिल्म बनेको छ ।
फिल्मले प्रदर्शनको १६ दिनसम्म देशब्यापी १० करोड ५१ लाख ४८ हजार ८०३ रुपैयाँ ग्रस कमाइ गरेको छ ।
चलचित्र विकास बोर्डले सोमबार फिल्मको औपचारिक कमाइको आँकडा सार्वजनिक गरेको हो ।
जसअनुसार, फिल्मले सोही अवधिसम्म ३ लाख ३३ हजार वटा टिकट बिक्री गरेको छ ।
सुयोग गुरुङ निर्देशित यो पर्वतीय एड्भेन्चर- रोमान्टिक फिल्म २०८२ सालको उत्कृष्ट कमाइ फिल्ममध्ये पर्छ । अनमोलसहित फिल्ममा आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरेको पनि अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4