+
+
Shares

बोहोराटारस्थित राष्ट्रपति निवासमा गृहमन्त्रीको अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १३:०५

१७ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास अवलोकन गरेका छन् ।

बोहोराटारस्थित राष्ट्रपति पौडेलको निवासमा पुगेर उनले निरीक्षण एवं क्षतिबारे जानकारी लिएका हुन् । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा राष्ट्रपति पौडेलको घरमा आगजनी र तोडफोड भएको थियो ।

निरीक्षणको क्रममा गृहमन्त्री अर्यालले विषम परिस्थितिमा राष्ट्रपति पौडेलले खेलेको भूमिकाको प्रशंसा गरे । राष्ट्रका लागि पौडेलको भूमिकाको चर्चा गर्दै उनले उनका निजी सम्पत्तिबारे राज्यले चासो राख्नुपर्ने बताए ।

‘जुन अवस्थामा देश पुगेको थियो, त्यस्तो विषयम परिस्थितिबाट निकास दिनका लागि उहाँले खेलेको भूमिका महत्त्वपूर्ण छ,’ निरीक्षणको क्रममा गृहमन्त्री अर्यालले भने, ‘उहाँको सम्पत्तिबारे राज्यले चासो राख्नु आवश्यक छ ।’

त्यस्तै, उनले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?