१७ कात्तिक, अर्घाखाँची । अर्घाखाँचीको दुर्गाफाँटमा आज बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।
पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा साँझ निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना३६प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक पाणिनी –४ निगालीका १८ वर्षीय गौतम विक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिवस जिसीले जानकारी दिए ।
सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष घर्तीको गुल्मीको खर्ज्याङमा रहेको अस्पतालमा उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । एउटै मोटरसाइकलमा तीन जना सवार रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4