+
+
Shares

कात्तिकनाचमा हिरण्यकशिपु वध (तस्वीरहरु)

१० दिनसम्म चल्ने कात्तिकनाचमा नरसिंह अवतारमा रहेका पात्रले हिरण्यकशिपु पात्रको वध गरेको क्षण सबैभन्दा बढी आकर्षक मानिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते ६:४०

काठमाडौं । ललितपुरको पाटन कृष्ण मन्दिर अगाडि प्रदर्शन गरिएको ऐतिहासिक कात्तिकनाचका क्रममा सोमबार राति हिरण्यकशिपु वध प्रदर्शन गरिएको छ ।

यस नाचमा नरसिंह अवतारमा रहेका पात्रले हिरण्यकशिपु पात्रको वध गरेको क्षण सबैभन्दा बढी आकर्षक मानिन्छ ।

कात्तिकनाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार हिरण्यकशिपुका वध गरेपछि कलाकारले होस गुमाउँछन् । यो क्षण नै दर्शकका लागि सबैभन्दा चाखलाग्दो बन्ने गरेको छ ।

विष्णुभक्त छोरो प्रह्लादलाई हिरण्यकशिपु दैत्यले मार्न अनेक कोसिस गरेको तर उल्टै नरसिंह अवतारमा विष्णुले नै हिरण्यकशिपुलाई मारेको धार्मिक कथालाई कात्तिक नाचको क्रममा हरेक वर्ष प्रदर्शन गरिन्छ ।

विसं १६९७ (नेसंं ७६१) मा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले कात्तिकनाच सुरु गरेको र ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लले जनतालाई नैतिक शिक्षा दिनका लागि कात्तिकनाच देखाउने गरेको इतिहासमा पढ्न पाइन्छ ।

धार्मिक र तान्त्रिक महत्वसँग जोडिएको यो नाच ५० वर्ष अघिसम्म एक महिनासम्म चल्ने गरेकोमा हाल १० दिनसम्म मात्र चल्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?