+
+
Shares

कात्तिक नाचमा नृसिंह अवतारको गाथा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १२:५४

१८ कात्तिक, काठमाडौं । ललितपुरको पाटनमा जारी ऐतिहासिक कात्तिक नाच अन्तर्गत ८औं दिन नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ ।

पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा जारी नाच अन्तर्गत सोमबार राती नृसिंह अवतार (हिरण्यकश्यपु बध) मञ्चन गरिएको हो ।

जस अन्तर्गत भगवान विष्णुले आफ्नो नृसिंह अवतारमा राक्षस राजा हिरण्यकश्यपुलाई पराजित गरेको देखाइएको थियो ।

वि.स. १६९७ मा सुरु भएको ऐतिहासिक कात्तिक नाचमा भगवान विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ ।

नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसारका नाच देखाइन्छ । मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका बासिन्दालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?