News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'पाँच पाण्डव'मा हरिवंश आचार्य, सीताराम कट्टेल, जितु नेपाल, सागर लम्साल, दीपाश्री निरौला र जनी गुरुङलाई शीर्ष भूमिकामा राखिएको छ।
- कमलादी गणेशस्थानमा फिल्मको शुभमुहूर्त पूजा गरिएको थियो र निर्देशक वसन्त निरौलाले फिल्म सामाजिक कथावस्तुमा आधारित रहेको खुलाउनुभयो।
- फिल्म काली रानी फिल्मस्को प्रस्तुतिमा बन्नेछ, पटकथा र संवाद सुशील पौडेलले लेखेका छन् र छायांकन केही महिनाभित्र सुरु गरिनेछ।
काठमाडौं । हरिवंश आचार्य, सीताराम कट्टेल, जितु नेपाल, सागर लम्साल, दीपाश्री निरौला र रजनी गुरुङलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘पाँच पाण्डव’ बन्ने भएको छ ।
यसअघि यो फिल्ममा दीपकराज गिरी पनि जोडिने चर्चा थियो । उनले आफू हुनसक्ने संकेत पनि गरेका थिए ।
मंगलबार बिहानको शुभसाइत पूजापछि मिडियालाई पठाइएको विवरणमा अभिनेता गिरीको नाम उल्लेख छैन ।
कमलादी गणेशस्थानमा फिल्मको शुभमुहूर्त पूजा गरिएको थियो । गणेशथानमा आज यो चलचित्रको शुभमुहूर्त गरिएको हो, जहाँ दीपाश्री निरौला पनि उपस्थित थिइन् ।
शीर्षकअनुसार फिल्म धार्मिक नभएर सामाजिक कथावस्तुमा आधारित रहेको निर्देशक वसन्त निरौलाले जनाएका छन् ।
फिल्मका कास्टिङको कार्य बाँकी नै रहेको जनाइएको छ । काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो फिल्मको पटकथा र संवाद सुशील पौडेलले लेखेका हुन् ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने फिल्मका निर्माता कालीरानी श्रेष्ठ हुन् ।
‘हाम्रो फिल्ममा कलाकारको राम्रो लाइनअप तपाईंहरूले देखि नै सक्नुभयो । हामी चलचित्र पनि दर्शकले रुचाउने बनाउने छौं’ निर्माता श्रेष्ठले भने ।
प्रस्तुतकर्ता श्रेष्ठले भने फिल्म ‘लाज शरणम’ निर्माण गरेका थिए । केही महिनाभित्र छायाकंन सुरु गरिने फिल्मको निर्माण नियन्त्रकमा दिलीप पन्त छन् ।
निर्देशक निरौलाले पछिल्लोपटक ‘ज्वाइँ साब’ निर्देशन गरेका थिए, जसको शीर्ष भूमिकामा जितुले अभिनय गरेका थिए । यसअघि उनले मेला, समर्पण, आवेग, राजनीति, विजयपथ निर्देशन गरेका थिए ।
प्रतिक्रिया 4