+
+
Shares

‘पाँच पाण्डव’ को छायांकन सुरु, धुर्मुसको ठाउँमा जोडिए महेश त्रिपाठी

शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित नरहेको जनाइएको छ । यसलाई सामाजिक कथावस्तुमा आधारित बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १४:२८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता हरिवंश आचार्यले आगामी फिल्म ‘पाँच पाण्डव’ को छायांकन सोमबार काँकडभिट्टाबाट सुरु गरेका छन्।
  • फिल्म ‘पाँच पाण्डव’ सामाजिक कथावस्तुमा आधारित छ र महाभारतका पात्रको विम्बमार्फत समकालिन समाजको कथा बताउनेछ।
  • फिल्मको छायांकन झापामा ४० दिनसम्म हुनेछ र डल्बी एटमस काठमाडौं स्टुडियोमा सम्पादन हुनेछ।

काठमाडौं । अभिनेता हरिवंश आचार्यले आगामी फिल्म ‘पाँच पाण्डव’ को छायांकन सोमबार नेपाल-भारत सीमावर्ती काँकडभिट्टाबाट थालेका छन् । त्यहाँ शुभसाइत पूजा गर्दै छायांकन थालिएको हो ।

फिल्म काली रानी फिल्म्सको ब्यानरमा निर्माण हुँदैछ । फिल्ममा आचार्यसहित महेश त्रिपाठी, जितु नेपाल, आर्यन सिग्देल र सागर लम्साल बले छन् । यी सबै कलाकारले यसमा शीर्ष भूमिका अर्थात पाँच पाण्डवको भूमिका निर्वाह गर्दैछन् ।

शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित नरहेको जनाइएको छ । यसलाई सामाजिक कथावस्तुमा आधारित बताइएको छ ।

बरु, हिन्दू धर्मग्रन्थ महाभारतका पात्र पाँच पाण्डवको विम्वमार्फत समकालिन समाजको कथा भन्न खोजिएको निर्देशक वसन्त निरौलाले बताए । महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ हुनेछन् ।

सुशील पौडेलले यसको कथा, पटकथा र संवाद लेखेका हुन् । पौडेलले यसअघि ‘प्रसाद’ लेखेका थिए । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने फिल्मको लगानीकर्ता कालीरानी श्रेष्ठ हुन् । हरिवंशसहित रुचाइएका र अग्रज कलाकार रहेकाले बजेट उच्च रहने र निर्माणमा सम्झौता नगरिने दाबी श्रेष्ठले गरे ।

उनी भन्छन्, ‘हामीले एक ऐतिहासिक र दर्शकले वर्षौंसम्म सम्झिरहने चलचित्र बनाउने संकल्प गरेका छौँ । कलाकारहरूको लाइनअपले नै फिल्मको क्यानभास ठूलो छ भन्ने प्रष्ट पार्छ । हामी प्रविधि र मेकिङमा निकै सचेत छौँ ।’

यो फिल्मलाई श्याम तामाङले खिच्ने छन् । करिब ४० दिनको छायाकंन तालिका तय गरिएको अधिकांश दृश्य झापा मै खिचिने निर्माण टिमले जानकारी दिएको छ ।

यो फिल्म डल्बी एटमसको काठमाडौं स्टुडियोमा सम्पादन हुँदैछ । म्युजिक नेपालले हालै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’ को साउन्डको काम हुने छ ।

यसअघि यो फिल्ममा दीपकराज गिरी र सीताराम कट्टेल धुर्मुस पनि देखिने चर्चा थियो । धुर्मुस अमेरिकामा रहेकाले उनी फिल्ममा भने देखिनेछैनन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?