+
+
Shares

सबै एजेण्डा सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको छ: कार्यवाहक सभापति खड्का

मंगलबारदेखि पुनः सुरु भएको केन्द्रीय समिति बैठकलाई प्रारम्भमा बोल्ने क्रममा कार्यवाहक सभापति खड्काले कार्यसम्पादन बैठकमा अनौपचारिक छलफल गरेको जानकारी गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १५:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र आएका सबै विचारहरुलाई सहमतिमा टुंगो लगाउने प्रयास भइरहेको जानकारी गराउनुभयो।
  • केन्द्रीय समिति बैठक मंगलबारदेखि पुनः सुरु भएको छ र खड्काले अनौपचारिक छलफलहरु जारी रहने बताउनुभयो।
  • चुनाव अघि वा चुनावपछि महाधिवशेन गर्ने विषयमा कांग्रेसमा सहमति जुट्न सकेको छैन।

१८ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र आएका सबै विचारहरुलाई सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको जानकारी गराएका छन् ।

मंगलबारदेखि पुनः सुरु भएको केन्द्रीय समिति बैठकलाई प्रारम्भमा बोल्ने क्रममा कार्यवाहक सभापति खड्काले कार्यसम्पादन बैठकमा अनौपचारिक छलफल गरेको जानकारी गराए ।

उनले भने,‘सबै एजेण्डाहरुलाई सहमतिमा टुंग्याउने गरी वातावरण बनाउने प्रयत्न भइरहेको छ।’ सहमतिका लागि अनौपचारिक बैठकहरु बस्दै जाने पनि खड्काले जानकारी गराए ।

चुनाव अघि वा चुनावपछि महाधिवशेन भन्ने विषयमा कांग्रेसमा सहमति जुट्न सकेको छैन ।

गत शनिबार देखि रोकिएको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?