+
+
Shares

डा. मदनकुमार उपाध्यायलाई परिवार कल्याण महाशाखाको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १७:४३
फाइल तस्वीर

१८ कात्तिक, काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्यायलाई जिम्मेवारी तोकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. उपाध्यायलाई सो पदको कार्यभार सम्हाल्ने गरी नियुक्त गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

महाशाखामा यसअघि निर्देशकको रूपमा कार्यरत डा. विवेककुमार लाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार अभियोगमा निलम्बित भएपछि पद रिक्त भएको थियो ।

आयोगले डा. लालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

डा. उपाध्याय हाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?