१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे जानकारी लिएकी छिन् ।
परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरुसँग मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले राहदानी वितरणबारे जानकारी लिएकी हुन् ।
प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई छलफलमा बोलाएकी थिइन् ।
सो क्रममा उनले राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिएको उनको सचिवालयले जनाएको छ ।
राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न उनको निर्देशन थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4