News Summary
Generated by OK AI. Editorially reviewed.- जोहरान ममदानी ३४ वर्षको उमेरमा न्यूयोर्क सहरको पहिलो मुस्लिम मेयर निर्वाचित भएका छन्।
- ममदानीले पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गरेका छन्।
- उनी जनवरी १ मा पदभार ग्रहण गर्दा सहरका सबैभन्दा कान्छा मेयर र पहिलो दक्षिण एशियाली मूलका मेयर बन्नेछन्।
१९ कात्तिक, काठमाडौं । जोहरान ममदानी न्यूयोर्क सहरको मेयरमा निर्वाचित भएका छन् । ३४ वर्षीय ममदानी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै सहरको पहिलो मुस्लिम मेयर बनेका हुन् ।
जनवरी १ मा पदभार ग्रहण गरेपछि उनी एक शताब्दीभन्दा बढी समयमा न्युयोर्कका सबैभन्दा कान्छा मेयर पनि बन्नेछन्।
उनी न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एशियाली मूलका र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन् ।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएको नोभेम्बर ५ मा एक वर्ष पुग्दैछ। तर, त्यसको एक दिनअघि नोभेम्बर ४ मा (आज) उनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो परीक्षा (लिटमस टेस्ट) भइरहेको छ ।
आज न्यूयोर्क शहरले आफ्नो नयाँ मेयरको चुनाव सुरु गरेको छ । साथै भर्जिनिया तथा न्यूजर्सी राज्यमा गभर्नर तथा विधानसभा चुनाव हुनेछन्।
को हुन् ममदानी ?
३४ वर्षीय जोहरान ममदानी राजनीतिमा आउनु अघि हिप–हप र्यापर थिए। उनको चर्चित गीत ‘काण्डा‘ युगान्डामा निकै भाइरल भएको थियो, जसमा कम्पालाको जीवन र युवाहरूको संघर्ष चित्रण गरिएको थियो।
ममदानी भन्छन्, ‘सङ्गीतकै माध्यमबाट मैले पहिलोपटक महसुस गरेँ कि समाजमा असमानता र पहिचानको राजनीतिबारे बोल्नुपर्छ।’
कलेज सकेपछि उनी क्वीन्समा बसाइँ सरे र प्रवासी, भाडामा बस्नेहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनमा सक्रिय भए। सन् २०१७ मा उनले डेमोक्र्याटिक पार्टीमार्फत राजनीतिक यात्रा सुरु गरे।
सन् २०२० मा उनी न्युयोर्क स्टेट असेंबलीमा निर्वाचित भए र २०२२ तथा २०२४ मा निर्विरोध जिते।
आफ्नो कार्यकालमा ममदानीले सर्वसाधारणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मुद्दा उठाए, जसले उनलाई निकै लोकप्रिय बनायो।
उनले सस्तो र सजिलो आवासलाई सबैको अधिकार बनाउने अभियान चलाए। सार्वजनिक यातायात निःशुल्क गर्न माग गरे। न्यूनतम तलब ३० डलर प्रतिघन्टा पुर्याउने प्रस्ताव राखे।
अहिलेसम्म उनले २० वटा विधेयक समर्थन गरेका छन्, जस मध्ये ३ कानून बनेका छन्।
तीमध्ये एक ‘भाडा नियन्त्रण विधेयक’ मध्यवर्गीय र प्रवासी समुदायमा निकै लोकप्रिय भयो।
ममदानीले चुनाव प्रचारमा शहरको बढ्दो बसोबास खर्चलाई मात्र मुद्दा बनाएका छैनन्, साथै धनीहरूमाथि कर लगाएर गरीब वर्गका लागि आवास योजनाहरू दिने वाचा समेत गरेका छन्।
कसरी भयो चुनाव ?
न्युयोर्क सिटीमा र्याङ्क च्वाइस भोटिङ प्रणाली लागू छ। यसमा मतदाताले उम्मेदवारहरूलाई प्राथमिकताको क्रममा १, २, ३ भनेर क्रमबद्ध गर्न सक्छ।
यदि कुनै उम्मेदवारले पहिलो प्राथमिकतामा ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके सबैभन्दा कम मत पाउने उम्मेदवार बाहिरिन्छ, र उसका मत दोस्रो प्राथमिकताका आधारमा बाँडिन्छन्।
यो प्रक्रिया तबसम्म चल्छ जबसम्म कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउँदैन।
ममदानीलाई पहिलो चरणकै निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त भएको छ। ९ लाख ४८ हजार मतदाताले उनको पक्षमा मतदान गरेका छन्।
दोस्रो स्थानमा न्युयोर्कका पूर्व गभर्नर र स्वतन्त्र उम्मेदवार एन्ड्रू कुओमो रहे । उनले ४१ प्रतिशत अर्थात् करिब ७ लाख ७६ हजार मत पाए। रिपब्लिकन पार्टीका कर्टिस स्लिभा ७.३ प्रतिशत अर्थात् करिब १ लाख ३७ हजार मतका साथ तेस्रो स्थानमा रहे।
राजनीतिक हलचल
न्युयोर्क सिटीलाई अमेरिकाको मुटु मानिन्छ। यहाँ मेयर बन्ने कुरा केवल शहर प्रमुख बन्नु मात्र होइन, अमेरिकाको अत्यन्त प्रभावशाली राजनीतिक पदमा पुग्नु हो।
यहाँको वार्षिक जीडीपी नै करिब २.३ ट्रिलियन डलर छ । मेयरको हातमा प्रशासन, प्रहरी, यातायात, आवास, शिक्षा र स्वास्थ्य प्रणालीको नियन्त्रण हुन्छ।
ममदानीले ६७ वर्षीय पूर्व गभर्नर एन्ड्रयू कूमोलाई पराजित गर्न सके । यौन उत्पीडनको आरोपका कारण ४ वर्षअघि राजीनामा दिएका कूमो निर्दलीय उम्मेदवारको रूपमा चुनाव लडेका थिए । यद्यपि, उनलाई रिपब्लिकन र सेन्ट्रिस्ट (मध्यमार्गी) हरूको समर्थन छ।
रिपब्लिकन पार्टीका तर्फबाट कर्टिस सिल्वा उम्मेदवार रहे पनि ट्रम्पले आफ्नै पार्टीका उम्मेदवारको समर्थन नगरी कुमोको समर्थन गरेका थिए र ममदानीलाई भोट नदिन आग्रह गरे। उनले ममदानीलाई ‘कम्युनिस्ट‘ र ‘अनुभवहीन‘ भन्दै आरोप लगाएका छन् ।
ट्रम्पले ममदानीले चुनाव जिते न्युयोर्कलाई दिइँदै आएको संघीय फन्डिङ रोक्ने चेतावनी दोहोर्याएका थिए । उनको भनाइमा, ममदानी मेयर बने न्युयोर्कका लागि त्यो ‘संकट र विनाशले भरिएको‘ समय हुनेछ।
यो पृष्ठभूमिमा ममदानीको जितलाई एकप्रकारले ट्रम्पविरुद्धको जितको अर्थमा विश्लेषण गरिएको छ । किनकि वासिङ्गटनदेखि भर्जिनिया र न्यूयोर्कसम्म सबैको नजर यो चुनावमा अडिएको छ। यो चुनावले ट्रम्पको दोस्रो कार्यकाल जनताको अपेक्षामा खरो उत्रिएको छ वा छैन भन्ने निर्धारण गर्ने विश्लेषकहरूले बताउँदै आएका थिए ।
रिपब्लिकनहरू यसलाई नीतिगत सुदृढीकरणको प्रमाण मानिरहेका छन्, जबकि डेमोक्रेटहरू यसलाई ‘मिनी जनमत संग्रह भनिरहेका छन्।
प्रतिक्रिया 4