+
+
Shares

‘बाहुबली’ को नयाँ अध्याय ‘द इटर्नल वार’ को घोषणा, हेर्नूस टिजर

‘बाहुबली : द इटर्नल वार’ को कथा ‘बाहुबली : द बिगिनिङ’ र ‘द कन्क्लुजन’ भन्दा फरक समय र दृष्टिकोणमा आधारित छ । यसले अमरेन्द्र बाहुबलीको विरासतलाई नयाँ तरिकाले देखाउनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते ११:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसएस राजामौली निर्देशित ब्लकबस्टर फिल्म 'बाहुबली' को नयाँ एनिमेटेड श्रृंखला 'बाहुबली द इटर्नल वार, पार्ट १' घोषणा गरिएको छ।
  • निर्माताले मंगलबार बेलुका नयाँ अध्यायको टिजर सार्वजनिक गरेका छन् जसमा इन्द्र र बाहुबलीबीचको कथा देखाइएको छ।
  • फिल्मको बजेट १२० करोड भारु रहेको र यो भारतीय सिनेमाको सबैभन्दा महँगो एनिमेटेड फिल्ममध्ये एक रहेको जनाइएको छ।

मुम्बई । एसएस राजामौली निर्देशित ब्लकबस्टर फिल्म ‘बाहुबली’ को नयाँ श्रृंखला आउने भएको छ । ‘बाहुबली युनिभर्स’ मा आधारित रहेर आउन लागेको श्रृंखलाको नाम हो- बाहुबली द इटर्नल वार, पार्ट १ !

यद्यपि, यो एनिमेटेड फिल्म हो । निर्माताले मंगलबार बेलुका नयाँ अध्यायको रोचक टिजर सार्वजनिक गरेका छन् ।

अहिले हलमा ‘बाहुबली’ का पहिलो र दोस्रो अध्यायलाई गाभेर ‘बाहुबली : द एपिक’ प्रदर्शन भैरहेको छ । यस्तोमा, निर्देशक राजामौलीले नयाँ एनिमेटेड श्रृंखला घोषणा गरेपछि प्रशंसक उत्साहित छन् ।

इशान शुक्लाले यो एनिमेटेड फिल्म निर्देशन गरेका हुन्, जो ‘स्टार वार्स : विजन्स’ र ‘द ब्यान्डिट्स अफ गोलक’ जस्ता चर्चित हलिउड फिल्मका लागि परिचित छन् ।

टिजरमा ‘बाहुबली’ को मूल कथाको झलक देखाइएको छ, जसले इन्द्र र बाहुबलीबीचको कथालाई अगाडि बढाउँछ ।

टिजरले यो फिल्म बाहुबलीको शिव भक्तिमा आधारित हुने र यसमा ब्रह्माण्डसँग सम्बन्धित नयाँ तत्त्वहरू पनि देखाइने सङ्केत गर्छ । यो फिल्म ‘बाहुबली’ शृङ्खलाको पहिलो एनिमेटेड भाग हो ।

‘बाहुबली : द इटर्नल वार’ को कथा ‘बाहुबली : द बिगिनिङ’ र ‘द कन्क्लुजन’ भन्दा फरक समय र दृष्टिकोणमा आधारित छ । यसले अमरेन्द्र बाहुबलीको विरासतलाई नयाँ तरिकाले देखाउनेछ ।

यो एक थ्री-डी एनिमेटेड फिल्म हो । राजामौलीले एनिमेसन निर्देशक शुक्लासँग मिलेर यो कथालाई नयाँ तरिकाले प्रस्तुत गरेका छन् ।

फिल्मको बजेट १२० करोड भारु भएको राजामौलीले बताएका छन् ।

‘अमरेन्द्र बाहुबलीको मृत्यु उनको अन्त्य थिएन । यो त केही अनन्त कुराको सुरुवात थियो’ राजामौलीले लेखेका छन् ।

अभिनेता प्रभास पनि यो प्रोजेक्टलाई लिएर धेरै उत्साहित छन् । २ मिनेट २७ सेकेन्डको टिजरमा सानदार एनिमेसन देख्न सकिन्छ । यो भारतीय सिनेमाको अहिलेसम्मकै सबैभन्दा महँगो एनिमेटेड फिल्ममध्ये एक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?