१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवले मंगलबार (हिजो ) प्रस्तुत गरेको कार्यतालिका व्यक्तिगत भएको पार्टी बैठकमा जानकारी गराएका छन् ।
सहमहामन्त्री यादवले २७-३० वैशाखसम्म १५औं महाधिवेशन गर्नुपर्ने प्रस्ताव राख्दै हिजो कार्यतालिका केन्द्रीय समिति बैठकमा राखेका थिए ।
आजको बैठकमा कार्यवाहक सभापति खड्काले सहमहामन्त्री यादवले राखेको कार्यतालिकाको प्रस्ताव उनको व्यक्तिगत धारणा जानकारी गराएका हुन् ।
‘केन्द्रीय समितिले उहाँको धारणा भनिसकेपछि आज कुन पत्रिका र कुन मिडियाले के लेख्यो भनेर पत्रिकाको कुरा गर्न सान्दर्भिक होला जस्तो लाग्दैन । सबैको ध्यानाकर्षण यो विषयमा गराए,’ कार्यवाहक सभापति खड्काले बैठकमा भने ।
महामन्त्री गगन थापाले चुनाव अघि नियमित महाधिवशेन गर्नुपर्ने भन्दै १६-१९ पुससम्म महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेका थिए ।
प्रतिक्रिया 4