+
+
Shares

प्रचण्ड–घनश्याम छलफल आज पनि निष्कर्षहीन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रचण्डले एकता प्रक्रियामा असन्तुष्ट एकीकृत समाजवादी महासचिव घनश्याम भूसालसँग छलफल गरेका छन्।
  • एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पनि छलफलमा सहभागी भए तापनि निष्कर्षमा पुग्न सकेनन्।
  • भूसालले प्रचण्ड र नेपाललाई तत्काल नेतृत्व छाडेर पार्टी पुनर्गठनमा सहभागी हुन आग्रह गरे, तर उनीहरू तयार भएनन् भने।

१९ कात्तिक, काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रियासँग असन्तुष्ट एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालसँग आज पनि छलफल गरेका छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सहभागी छलफल निष्कर्षमा भने पुग्न सकेन।

माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत विभिन्न ९ दलबीच आज एकता हुँदैछ। एकता घोषणा सभा अघि प्रचण्डले भूसाललाई पनि एकतामा ल्याउन पहल गरेका थिए। त्यहाँ भूसालले प्रचण्ड र नेपाल दुवैलाई तत्काल नेतृत्व छाडे पार्टी पुनर्गठनको प्रक्रियामा आफू सहभागी हुने दोहोर्‍याए।

नेकपा एकीकृत समाजवादीको ब्यानरमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भूसालले भने, ‘आज बिहान पनि प्रचण्डले छलफलका लागि बोलाउनु भएको थियो। माधवकुमार नेपाललाई पनि बोलाइएको रहेछ। मैले त्यहाँ तपाईंहरूले बाटो छोड्नुस् भन्ने बटमलाइन सुनाएँ। उहाँहरू तयार हुनुभएन।’

प्रचण्ड, माधवकुमार नेपाल र केपी ओलीले स्टेपडाउन गरेपछि हामी कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्न सक्छौं। उहाँहरू रहँदासम्म यो समभवना हुँदैन,’ प्रचण्ड र माधवलाई भनेको कुरा सुनाउँदै भूसालले भने, ‘तपाईंहरूको बहुमत रहेसम्म, तपाईंहरू नेतृत्वमा रहेसम्म क्रान्तिकारी पार्टी बन्नै सक्दैन भन्ने हाम्रो निष्कर्ष हो। त्यसैले नेतृत्व हस्तान्तरणको विश्वास दिलाउनुस् भनेँ, उहाँहरू तयार हुनुभएन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?