News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनपछि २३ भदौदेखि १९ कात्तिकसम्म जम्मा १८ फिल्मले मात्र निर्माण इजाजत पाएका छन्।
- निर्माण इजाजत पाएका फिल्ममध्ये 'नसोचेको माया', 'विक्रम', 'चंगुल', 'सेर्वा', 'सागर विरला' लगायत छन्।
- अन्य इजाजत पाएका फिल्ममा 'कबड्डी ५ : आफ्टर द फाइनल म्याच', 'डा. गन्धर्व', 'मि. मादले', 'कन्यादान', 'आक्रोश' र 'यो माया कस्तो' पनि छन्।
काठमाडौँ । जेनजी आन्दोलनपछि अहिलेसम्म निर्माण इजाजत लिने फिल्मको संख्यामा कमी आएको छ ।
चलचित्र विकास बोर्डका अनुसार आन्दोलन भएको मिति २३ भदौदेखि १९ कात्तिक बुधबारसम्म जम्मा १८ फिल्मले मात्र निर्माणको लागि अनुमति पाएका छन् ।
कुन-कुन फिल्मले लिए इजाजत ?
१) नसोचेको माया – यमर फिल्म प्रोडक्सन प्रालि
२) विक्रम – संस्कृति क्रिएसन्स प्रालि
३) चंगुल – री एण्ड की फिल्म्स प्रालि
४) सेर्वा – शेर्वा फिल्म्स प्रालि
५) सागर विरला – एसफोरजी फिल्म्स प्रालि
६) श्रीकृष्ण – पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठान
७) सेंर्वे म्रु – ब्रेज मिश्रो फिल्म प्रोडक्सन घान्द्रुक
८) मोनालिसा – बी एण्ड के इन्टरटेनमेन्ट प्रालि
९) कबड्डी ५ : आफ्टर द फाइनल म्याच – बाँसुरी फिल्म्स प्रोडक्सन प्रालि
१०) रैती राजा – लेकाली इन्टरटेनमेन्ट प्रालि
११) दशरथ – खड्का फिल्म्स प्रालि
१२) हवन – डीएस इन्टरटेनमेन्ट प्रालि
१३) डा. गन्धर्व – मदरल्याण्ड फिलम्स प्रालि
१४) मि. मादले – मदरल्याण्ड फिल्म्स प्रालि
१५) कन्यादान – प्लानेट थ्री फिल्म्स्
१६) अल्पविराम – ब्रोडकास्टिङ मिडिया हाउस प्रालि
१७) आक्रोश – फ्रेम इन मोसन टिभी प्रालि
१८) यो माया कस्तो – चन्द्रसूर्य सिनेमा प्रालि
प्रतिक्रिया 4