News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीले स्थानीय तह र जनप्रतिनिधिको संख्या घटाउन पहल गर्ने प्रतिवद्धता सार्वजनिक गरेको छ।
- पार्टीले नेपालको संविधानको रक्षा गर्दै संघीयता सबलीकरण र निर्वाचन प्रणालीमा अग्रगामी परिमार्जन गर्ने बताएको छ।
- राज्य सेवा छिटो र चुस्त बनाउन र आधारभूत सेवा जस्तै शिक्षा र स्वास्थ्यमा आम पहुँच स्थापना गर्ने विषयमा पनि पार्टीले विशेष पहल गर्ने उल्लेख छ।
१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले स्थानीय तह र जनप्रतिनिधिको संख्या घटाउन पहल गर्ने भएको छ ।
विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा कार्यक्रममार्फत् नवगठित पार्टीको २३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।
जसमा नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली, संघीयताको सबलीकरण तथा स्थानीय तह र जप्रतिनिधिको संख्या घटाउनेलगायत विषयमा अग्रगामी परिमार्जन गर्न तत्पर रही पहल गर्ने प्रतिवद्धता उल्लेख छ ।
लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहने र जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै गणतन्त्रको शुद्धीकरण र राज्यका सबै अंगहरूमा आवश्यक सुधार एवं पुन:संरचना गर्न अग्रसर हुने भनिएको छ ।
समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिवद्ध रही नेकपाले आफ्नो स्थापना कालदेखि राख्दै आएको वैज्ञानिक समाजवाद स्थापनाको महान लक्ष्य प्राप्त गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने प्रतिवद्धता जनाइएको छ ।
राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्त दुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आम जनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने विषय पनि प्रतिवद्धतामा समावेश छ ।

प्रतिक्रिया 4