News Summary
Generated by OK AI. Editorially reviewed.- नवगठित नेपाली कम्युनिस्ट पार्टीले उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गर्न पहल गर्ने भएको छ।
- पार्टीले भ्रष्टाचारीलाई कडा कारबाही गर्न सम्पत्ति छानबिन गर्ने प्रतिवद्धता जनाएको छ।
- सरकारले सुशासन, पारदर्शिता र सामाजिक न्यायका लागि निरन्तर पहल गर्ने पनि भनिएको छ।
१९ कात्तिक, काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गर्न पहल गर्ने भएको छ ।
विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा कार्यक्रममार्फत नवगठित पार्टीको २३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।
जसमा भनिएको छ, ‘ उच्चस्तरिय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूलाई कडा कारबाही गराउन प्रभावकारी पहल गर्ने ।’
भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त गर्न तथा सुशासन, पारदर्शिता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने पनि भनिएको छ ।
राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्त दुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आम जनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने प्रतिवद्धता जनाएको छ ।
प्रतिक्रिया 4