News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २० कात्तिकमा सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ पुगेको छ।
- सुनको भाउ अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले बढेको छ र अघिल्लो दिन २ लाख ३७ हजार २ सय रुपैयाँ थियो।
- चाँदीको भाउ पनि २० रुपैयाँले बढेर प्रतितोला ३०१० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन २९९० रुपैयाँ थियो।
२० कात्तिक, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य ६ सय रुपैयाँ बढी हो ।
अघिल्लो दिन २ लाख ३७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।
चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २९९० रुपैयाँ रहेको चाँदी यस दिन ३०१० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4