२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने विचार राखेका छन् ।
केन्द्रीय समितिको जारी बैठकमा बिहीबार विचार राख्दै आचार्यले १४ औं महाधिवशेन गरेर नयाँ नेतृत्व र नयाँ नीतिका साथ चुनावमा जानुपर्ने बताए । लाख आठ लाख सत्तरी हजार क्रियाशील भावना अनुसारको निर्णय केन्द्रीय समितिबाट हुने उनले विश्वास व्यक्त गरे ।
आचार्यले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षरहरुको माग सम्बोधन कुन रुपमा गर्ने बारे नेतृत्वले सोच्नुपर्ने उनले बताए । आचार्यले भने, ‘नेपाली कांग्रेस विशिष्ट समयमा विशेष महाधिवेशनमा गएको थियो । तर, यो यसले राम्रो परिणाम दिन्छ जस्तो मलाई लाग्दैन ।’
आम जनतामा कांग्रेसले महाधिवशेन बारे के निर्णय लिन्छ ? बारे प्रतिक्षा गरिरहेको उनले बताए । आचार्यले भने, ‘कांग्रेसको २०७४ सालको समानुपाति मत र २०७९ सालको समानुुपातिक मतमा पनि तपाईंले ख्याल गराउन चाहन्छु ।’
प्रतिक्रिया 4