+
+
Shares

मापसे गरेर विद्यालयका बस चलाउने समातिए

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको लागु पदार्थ सेवन (लापसे) र मापसे गरेर गाडी चलाउनेहरुको जाँच ट्राफिकले गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर गाडी चलाउने ९ जना चालकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा २ जना सार्वजनिक बस, १ जना स्कुल बस र १ जना माइक्रो बस चालक छन्।
  • लागु पदार्थ सेवन गरेर गाडी चलाउने ४ जना माइक्रो बस चालक पनि पक्राउ परेका छन्।

२० कात्तिक, काठमाडौं। मादक पदार्थ सेवन (मापसे) गरेर विद्यालयको बस चलाउनेलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको लागु पदार्थ सेवन (लापसे) र मापसे गरेर गाडी चलाउनेहरुको जाँच ट्राफिकले गरेको थियो ।

सो क्रममा ४ जना चालकले लापसे र ५ जना चालक मापसे गरेको भेटिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी नरेशराज सुवेदीले बताए ।

जसमध्ये मापसे गरेर सवारी चालन २ जना सार्वजनिक बसका चालक र १ जना स्कुल बसका चालक रहेको उनले बताए । त्यस्तै एक जना माइक्रो बसका चालक छन् ।

लापसे गरेर चलाउने भाडाको माइक्रो चलाउने ४ जना चालक पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?