+
+
Shares

प्रोटोन इमासको शोरूम नारायणगढमा खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जगदम्बा मोटर्सले चितवनको नारायणगढमा प्रोटोन इमास ब्रान्डको इलेक्ट्रिक सवारी साधनको शोरुम सञ्चालनमा ल्याएको छ।
  • शोरुमबाट थ्री एस सेवा (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) प्रदान गरिने कम्पनीले जनाएको छ।
  • नारायणगढ शोरुमले आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवा ग्राहक नजिक पुर्‍याउने जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले बताए।

२१ कात्तिक, चितवन । जगदम्बा मोटर्स प्रा.लि.अन्तर्गतको प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन इमासले चितवनको नारायणगढमा शोरुम सञ्चालनमा ल्याएको छ ।

यस शोरुमबाट थ्री एस सेवा (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) प्रदान हुने जगदम्बा मोटर्सले जनाएको छ । देशव्यापी विस्तार यात्रालाई निरन्तरता दिँदै चितवनमा शोरुम सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, विशेष अतिथि सीएनआई चितवनका अध्यक्ष मदन घिमिरे र उद्योगपति तथा समाजसेवी बल गोपाल चुके सहभागी थिए । साथै प्रोटोन इमासका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले नारायणघाट शोरूमले आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवालाई ग्राहक नजिक पुर्‍याउने बताए ।

नारायणगढ शाखा थपिएसँगै प्रोटोन इमासले नवप्रवर्तन, विश्वसनीयता र दिगो यातायात सञ्जाललाई अझ सुदृढ बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?