News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड जोडी कट्रिना कैफ र विक्की कौशलले नोभेम्बर ७, २०२५ मा पहिलो सन्तानलाई जन्म दिएका छन्।
- उनीहरूले इन्स्टाग्राममार्फत 'हाम्रो खुशीको उपहार आइपुगेको छ' भनी पुत्रलाभको जानकारी दिएका छन्।
- सेप्टेम्बर २३ मा दुवैले पहिलो बच्चाको अपेक्षा गरिरहेको घोषणा गरेका थिए।
मुम्बई । बलिउड जोडी कट्रिना कैफ र विक्की कौशलले पहिलो सन्तानलाई जन्म दिएका छन् ।
इन्स्टाग्राममार्फत उनीहरूले शुक्रबार पुत्रलाभ गरेको जनाएका छन् । उनीहरूले स्टाटसमार्फत खुसी बाँडेका छन् ।
पोस्टमा लेखेका छन्, ‘हाम्रो खुशीको उपहार आइपुगेको छ । अपार कृतज्ञताका साथ, हामी हाम्रो सानो पाहुनालाई स्वागत गर्दछौं । नोभेम्बर ७, २०२५ । क्याट्रिना र विक्की ।’
सेप्टेम्बर २३ मा, दुवैले आफ्नो पहिलो बच्चाको अपेक्षा गरिरहेको घोषणा गरेका थिए । उनीहरूले यसलाई “हाम्रो जीवनको सबैभन्दा राम्रो अध्याय’ भनेका थिए ।
उक्त भावनात्मक नोटमा दम्पतीले लेखेका थिए, ‘हामी आनन्द र कृतज्ञताले भरिएको हृदयका साथ हाम्रो जीवनको सबैभन्दा राम्रो अध्याय सुरु गर्न लागेका छौं ।’
उनीहरूको पहिलो भेट सन् २०१९ को स्क्रिन अवार्डमा भएको थियो, जुन विक्की कौशलले आयोजना गरेका थिए ।
View this post on Instagram
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4