+
+
Shares

पाकिस्तान र इराकबाट मुक्त भए ४३३ जना अफगान कैदी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान कैदीहरू गत हप्तामा स्वदेश फिर्ता भएका छन्।
  • ४३० जना कैदीहरू स्पिन बोल्डक सीमा हुँदै पाकिस्तानबाट र तीन जना पुल–ए–अब्रेसिम सिमा हुँदै इराकबाट फर्किएका छन्।
  • गत अक्टोबरमा १७० जना अफगान कैदीहरू स्वदेश फिर्ता भएका थिए भने विदेशमा दश हजारभन्दा बढी अफगान नागरिक छन्।

२१ कात्तिक, काबुल । पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान कैदीहरूलाई गत हप्तामा रिहा गरी स्वदेश फिर्ता पठाइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।

पाकिस्तानको हिरासतमा राखिएका ४३० जना व्यक्ति दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा हुँदै स्वदेश फर्किएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विगत छ महिनादेखि इराकमा बन्दी बनाइएका अन्य तीन जना कैदीहरू भने पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसिम सिमा हुँदै स्वदेश पठाइएको जनाइएको छ ।

गत अक्टोबरको अन्त्यमा १७० जना अफगान कैदीहरू स्वदेश फिर्ता भए पछि हाल उनीहरु कैद मक्त भई स्वदेश फर्केका हुन् ।

जुलाईको अफगान विदेश मन्त्रालयको तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा छन् भने त्यस मध्ये पनि अधिकाशं इरान र पाकिस्तानमा बन्दी बनाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?