News Summary
Generated by OK AI. Editorially reviewed.- अरुण काबेलीले बुटवल पावर कम्पनीको ६० प्रतिशत सेयर स्वामित्व रहेको काबेली इनर्जी लिमिटेडमा ४० प्रतिशत संस्थागत सेयर खरिद सम्झौता गरेको छ।
- कम्पनीले वैधानिकताका लागि विशेष साधारणसभा बोलाएको छ र बीपीसीको ६० प्रतिशत सेयर खरिद गर्न हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ।
- बीपीसीले तिला जलविद्युत् र मनाङ मर्स्याङ्दी परियोजनाको सेयर बिक्री गरेको र अब काबेली इनर्जीको सेयर बेच्न लागेको छ।
२१ कात्तिक, काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) को ६० प्रतिशत सेयर स्वामित्व रहेको काबेली इनर्जी लिमिटेडमा ४० प्रतिशत संस्थागत सेयर खरिद सम्झौता गरेको अरुण काबेली बेचेर कम्पनी पूर्णरूपमा बाहिरिने तयारी गरेको छ ।
सेयर खरिद बिक्रीसम्बन्धी सम्झौता गरिसकेको कम्पनीले वैधानिकताका लागि आज विशेष साधारणसभा बोलाएको छ । अरुण काबेलीले गत वर्ष हकप्रद सेयर जारी गरेर काबेली इनर्जीमा १ अर्ब २० करोड रुपैयाँ बराबर सेयर लगानी गरेको थियो ।
यस वर्ष पनि पुन: हकप्रद सेयर जारी गरी जम्मा हुने रकमले बीपीसीको ६० प्रतिशत सेयर खरिद गर्ने योजना बनाएको जनाइएको छ ।
त्यसो त बीपीसीमाथि परियोजना निर्माणभन्दा खरीद–बिक्रीमा बढी सक्रिय रहने गरेको आरोप लाग्ने गर्छ ।
तिला जलविद्युत् परियोजना/मनाङ मर्स्याङ्दी परियोजनाको सेयर बिक्री गरेको बीपीसीले अब काबेली इनर्जीको सेयर समेत बेच्न लागेको हो ।
काबेली इनर्जीको लाइसेन्स अन्तर्राष्ट्रिय बोलकबोल प्रक्रियाबाट बीपीसीले पाएको हो ।
प्रतिक्रिया 4