+
+
Shares

सहज ढंगले चुनाव हुने वातावरण बनाउन सरकारसँग राष्ट्रिय सभाका अध्यक्षको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १४:३४

२१ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचन व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै उनले सो शान्ति सुरक्षासहित सबै पक्षलाई निर्वाचनमा सहज ढंगले सहभागिता हुनेगरी आवश्यक वातावरण बनाउन सरकारसँग अनुरोध गरेका हुन् ।

अध्यक्ष दाहालले भने, ‘निर्वाचन शान्तिपूर्ण ढंगले, व्यवस्थित ढंगले सम्पन्न गर्न आवश्यक कदम चाल्नको निम्ति हामी सरकारलाई आग्रह पनि गर्दछौं । त्यसलाई व्यवस्थित गरेर लैजान र शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढंगले सहभागिताका निम्ति त्यो वातावरण बनाउनका निम्ति पनि सरकारसँग विशेष आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष दाहालले राष्ट्रिय सभा सञ्चालनका लागि केही कानुनी जटिलता र अस्पष्टता रहेको उल्लेख गर्दै त्यसलाई हटाउने विषयमा पनि सरकारले ढिलाइ नगर्ने विश्वास व्यक्त गरे ।

उनले अगाडि भने, ‘राष्ट्रिय सभा सञ्चालनको निम्ति हामीलाई केही कानुनी जटिलता जस्तो पनि देखिएको छ । केही अस्पष्टताहरू पनि छन । ती असहजता र अस्पष्टताहरूलाई पनि सरकारले गम्भीरताका साथ लिनेछ भन्ने नै मलाई लागेको छ ।त्यो दिशातर्फ सरकार अगाडि बढोस् पनि म भन्न चाहन्छु ।’

उनले राष्ट्रिय सभा बैठक सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने जरुरी रहेको बताए ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाले सरकारलाई महत्त्वपूर्ण सहयोग गर्ने भएकाले त्यसको बैठक सञ्चालन गर्ने काममा सरकारले सक्रियतापूर्वक लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?