+
+
Shares

विश्वको ध्यान तानेको ‘मिस युनिभर्स’ को बैंककमा भएको घटना के हो ?

विश्वभरका प्रतियोगी, प्रतियोगिताका प्रशंसक र आलोचकले सौन्दर्य प्रतियोगिताका सहभागीलाई गरिने व्यवहार, आयोजक देशको जिम्मेवारी र कार्यक्रम व्यवस्थापनको नैतिक मापदण्डको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्याण्डको बैंककमा नोभेम्बर २ देखि २१ सम्म हुने मिस युनिभर्स ७४ औं संस्करण विवादित बनेको छ।
  • मिस युनिभर्स थाइल्याण्डका निर्देशक नवात इटसाराग्रिसिलले मिस मेक्सिकोकी फातिमा बोशलाई ‘मूर्ख मान्छे’ भनेका थिए।
  • प्रतियोगितामा अवैध अनलाइन जुवा प्रचारको अनुसन्धान सुरु भएको छ र आयोजकले घटनाबारे थाहा नभएको बताएका छन्।

बैंकक । फिनालेको मिति नजिकिँदै गर्दा विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स’ को ७४ औं संस्करण विवादित बनेको छ ।

नोभेम्बर २ देखि २१ सम्म थाइल्याण्डको बैंककमा हुने प्रतियोगिताको लागि विश्वभरका सुन्दरी अहिले त्यहाँ भेला भएका छन् । प्रारम्भिक चरणका प्रतिस्पर्धा भैरहेका छन् ।

नोभेम्बर ४ मा आयोजित स्यासिङ समारोहको क्रममा, मिस युनिभर्स थाइल्याण्डका राष्ट्रिय निर्देशक नवात इटसाराग्रिसिलले सार्वजनिक रूपमा मिस युनिभर्स मेक्सिकोकी फातिमा बोशको आलोचना गरे ।

फातिमाले प्रायोजक-प्रवद्र्धनको छायांकनमा भाग लिन असफल भएको र थाइल्याण्डलाई आयोजकको रूपमा समर्थन नगरेको आरोप लगाए ।

प्रत्यक्ष प्रसारण गरिएको उक्त कुराकानीमा, इटसाराग्रिसिलले बोशलाई ‘मूर्ख मान्छे’ भनेका थिए । भनाभन हुन थालेपछि सुरक्षाकर्मीलाई बोलाएर उनलाई हटाउन लगाएका थिए ।

बोश स्पष्ट रूपमा निराश देखिएकी थिइन् । उनी कोठाबाट बाहिर निस्किइन् र त्यसको केही समयपछि, उनीसँग ऐक्यबद्धता जनाउँदै सन् २०२४ की मिस युनिभर्स डेनमार्ककी भिक्टोरिया केजर थेइलभिग लगायत धेरै अन्य प्रतियोगी बाहिर निस्किए ।

थाई प्रहरीले प्रतियोगितासँग सम्बन्धित अवैध अनलाइन जुवा प्रचारको अनुसन्धान सुरु गर्‍यो । एक प्रतियोगीसँगको तस्वीरमा बेटिङ वेबसाइटको लोगो भएको एउटा लुगा देखियो ।

आयोजक समिति र स्थानीय आयोजकले बेटिङ प्रवर्धनको घटनाबारे थाहा नभएको बताएका छन् । प्रतियोगिताको मुख्य संस्था मिस युनिभर्स अर्गनाइजेसनले आफ्ना अध्यक्ष राउल रोचा कान्टुमार्फत घटनाको कडा निन्दा गरेको छ ।

उक्त व्यवहारले ‘महिलाप्रति सम्मान र मर्यादाको मूल्यमान्यता उल्लङ्घन गरेको’ बताएका छन् र प्रतियोगिता कार्यक्रममा इटसाराग्रिसिलको सहभागिता प्रतिबन्धित गरिएको घोषणा गरेका छन् ।

इटसाराग्रिसिलले सार्वजनिक रूपमा माफी मागे । पहिले लाइभस्ट्रिममा, त्यसपछि प्रतियोगीहरूको स्वागत समारोहको क्रममा । उनले आफू “धेरै दबाब“ मा रहेको बताए, कसैलाई हानि पुर्‍याउने आफ्नो उद्देश्य नभएको दाबी गरे र ‘मूर्ख मान्छे’ भन्ने शब्द प्रयोग नगरेको दाबी गरे । उनले आफूले ड्यामेज अर्थात क्षति भन्न खोजेको बताए ।

विश्वभरका प्रतियोगी, प्रतियोगिताका प्रशंसक र आलोचकले सौन्दर्य प्रतियोगिताका सहभागीलाई गरिने व्यवहार, आयोजक देशको जिम्मेवारी र कार्यक्रम व्यवस्थापनको नैतिक मापदण्डको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

यो सबथोबीच, फिनाले कार्यक्रम नोभेम्बर २१, २०२५ मा थाइल्याण्डको इम्प्याक्ट मुआङ थोङ थानीमा हुने तय भएको छ । प्रतियोगितामा नेपालबाट सान्या अधिकारीले सहभागिता जनाएकी छन् ।

मिस जर्मनीले छाडिन् प्रतियोगिता

‘मिस जर्मनी २०२५’ डायना फास्टले यसवर्षको मिस युनिभर्स प्रतियोगितामा भाग नलिने घोषणा गरेकी छिन् । उनले अन्तर्राष्ट्रिय कार्यक्रमको लागि थाइल्याण्डको यात्रा नगर्ने बताइन् ।

इन्स्टाग्राम स्टोरीहरूमा आफ्नो फोटो राख्दै उनले लेखेकी छिन्, ‘मेरोे जीवनको सबैभन्दा अर्थपूर्ण र सशक्त अनुभवमध्ये एक थियो ।’

‘मिस युनिभर्स परिवारको हिस्सा हुन पाउँदा म असीम आभारी छु, जहाँ क्षमतावान महिलाले घेरिएका छन् । जसले प्रेरणा दिन्छन्, उत्थान गर्छन् र साँचो उद्देश्यलाई मूर्त रूप दिन्छन्’ उनले भनिन् ।

‘थाइल्याण्डमा प्रतिस्पर्धा गर्ने सबै अद्भुत मिस युनिभर्स दिदीबहिनीलाई, म गर्व र प्रशंसाका साथ प्रशंसा गर्दैछु’ उनले आफ्नो सन्देश टुंग्याउनु अघि लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?