+
+
Shares

काठमाडौंमा थारू महिलाले मनाए समाचकेवा (तस्वीरहरू)

थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु महिला समाज, उपत्यका समितिकी अध्‍यक्ष सुशीला चौधरीले बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते १४:५४

२२ कात्तिक, काठमाडौं । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारू समुदायले समाचकेवा पर्व मनाएका छन् ।

शनिबार थारु महिला समाज उपत्यका समितिले काठमाडौंको पर्यटन बोर्डमा आयोजना गरेको ‘समाचकेवा पर्व २०८२’मा थारु समुदायका दिदीबिहनीहरु भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाए ।

थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु महिला समाज, उपत्यका समितिकी अध्‍यक्ष सुशीला चौधरीले बताइन् ।

‘हामी थारु समुदायले संघीय राजधानी काठमाडौंमा पनि आफ्नो संस्कार र संस्कृतिलाई कायम राख्न यो पर्व मनाएका छौं।’ उनले भनिन्।

उनले अहिले सरकारले दशैं, तिहार र छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएको तर समाचकेवा तराईका थारु लगायत अन्य समुदायले मनाए पनि सरकारले बेवास्ता परेको गुनासो गरिन् । उनले भनिन्, ‘सरकारले दसैं, तिहार, छठमा विदा दिए पनि थारुको संस्कृतिलाई वास्तै गरेन । खाली सभा समारोहमा ड्रेस देखाउनको लागि मात्र प्रयोग गरिरह्‍यो ।’

तस्वीरहरू  : विकास श्रेष्ठ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?