News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिष फुटबलमा आर्सनल सन्डरल्यान्डसँग २-२ को बराबरीमा रोकिएको छ।
- आर्सनलले ११ खेलमा २६ अंक जोडेको छ भने सन्डरल्यान्ड १९ अंकसहित चौथो स्थानमा छ।
- खेलमा सन्डरल्यान्डले सुरुवाती अग्रता लिएको थियो र इन्जुरी समयमा बराबरी गोल गरेको थियो।
२३ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल सन्डरल्यान्डसँग २-२ को बराबरीमा रोकिएको हो ।
खेलमा सुरुवाती अग्रता भने सन्डरल्यान्डले लिएको थियो । ३६औं मिनेटमा डानियल बलार्डले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४औं मिनेटमा बुकायो साकाले गोल गर्दै बराबरीमा ल्याए ।
७४औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो । इन्जुरी समयमा ब्रायन बोबेले गोल गर्दै सन्डरल्यान्डलाई हारबाट जोगाए ।
बराबरीपछि शीर्षस्थानको आर्सनलको ११ खेला २६ अंक भएको छ । सन्डरल्यान्ड १९ अंकसहित चौथो स्थानमा छ ।
गएराति नै भएको खेलमा चेल्सीले वुल्भ्समाथि ३-० को जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया 4