+

विराटनगर किङ्सको नयाँ जर्सी सार्वजनिक

२०८२ कात्तिक  २३ गते ११:०० २०८२ कात्तिक २३ गते ११:००
विराटनगर किङ्सको नयाँ जर्सी सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर किङ्सले नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।
  • नयाँ जर्सीमा सप्तकोशी नदीका सात शाखालाई प्रतीकात्मक रूपमा देखाउने सात रेखाहरू छन्, जसले एकता, शक्ति र गतिशीलता जनाउँछन्।
  • एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ र विराटनगरले फाफ डुप्लेसी लगायत विदेशी खेलाडीहरूलाई अनुबन्ध गरेको छ।

२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि विराटनगर किङ्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। नयाँ जर्सीले कोशी प्रदेशको गौरव, एकता र समुदायको भावना झल्काएको क्लबले जनाएको छ।

क्लबका अनुसार जर्सीको डिजाइनमा सप्तकोशी नदीका सात शाखालाई प्रतीकात्मक रूपमा देखाउने सात रेखाहरू छन्, जसले एकता, शक्ति र गतिशीलतालाई जनाउँछन्। त्यसैगरी, त्रिकोणीय प्याटर्नले साहस र दृढताको प्रतिनिधित्व गर्छ भने काँधमा रहेको एपाउलेटले नेतृत्व र गर्वको प्रतीक प्रस्तुत गर्छ।

क्लबका अनुसार, ‘द जर्सी: द क्राउन वी अर्न’ भन्ने थिममा तयार गरिएको यो जर्सी केवल खेल पोशाक नभई पहिचान, उत्साह र गर्वको प्रतीक हो। खेलाडीहरूका लागि यो जर्सी कवचजस्तै र समर्थकहरूका लागि आशाको ध्वजाजस्तै रहेको क्लबले बताएको छ।

विराटनगर किङ्स एनपीएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टोली हो ।

विराटनगरले दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसी सहित स्कटल्यान्डका जर्ज मन्से, अस्ट्रेलियाका साम हिजलेट, न्युजिल्यान्डका मार्टिन गप्टिल र दक्षिण अफ्रिकाका मर्चेन्ट डे लाङलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।

मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको विराटनगरले अक्सनबाट सूर्य तामाङ, साहिल पटेल र नारायण जोशी अनुबन्ध गर्दा विश लिस्टबाट शर्वन किस्कु र शंकर राना अनुबन्ध गरेको छ ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।

विराटनगर किङ्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय