News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता केदार घिमिरेले चलचित्र पत्रकार संघद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषलाई २५ हजार रुपैयाँ सहयोग प्रदान गरे।
- घिमिरेले भने, ‘अभिनयबाट कमाएको पारिश्रमिकको केही अंश सधैं समाजसेवामा खर्च गर्दै आएको छु।’
- संस्थाका अध्यक्ष समीर बलामीले कोषले अहिलेसम्म करिब दुई दर्जन पत्रकारको उपचारमा सहयोग गरेको बताए।
काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले चलचित्र पत्रकार संघद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषलाई अर्थ सहयोग प्रदान गरेका छन् ।
आयोजित समारोहमा उनले २५ हजार नगद रुपैयाँ प्रदान गरे । संस्थाले लामो समयदेखि पत्रकारको स्वास्थ्य उपचार, आकस्मिक समस्या र आपतकालीन अवस्थाका लागि कोष संचालन गर्दै आएको छ ।ु
कोषलाई सशक्त बनाउन ‘कल्याणकारी कोष अभियान’ पनि जारी छ । अभियानअन्तर्गत अभिनेता घिमिरेले संघलाई रकम प्रदान गरे ।
सहयोग रकम बुझाउँदै घिमिरेले भने, ‘अभिनयबाट कमाएको पारिश्रमिकको केही अंश सधैं समाजसेवामा खर्च गर्दै आएको छु । यो पटक चलचित्र पत्रकारहरूका लागि सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’
उनले भने, ‘पत्रकार नै हाम्रो सिर्जनालाई दर्शकसम्म पुर्याउने माध्यम हुन्, उनीहरूको सहयोग हाम्रो दायित्व पनि हो ।’
घिमिरेले पारिश्रमिकको केही हिस्सा सामाजिक उत्तरदायित्वअनुसार खर्च गर्दै आएका छन् ।
संस्थाका अध्यक्ष समीर बलामीले अभिनेता घिमिरेको योगदानप्रति आभार व्यक्त गर्दै भने, ‘हाम्रो कोषले अहिलेसम्म करिब दुई दर्जन पत्रकारको उपचारमा प्रत्यक्ष सहयोग गरेको छ ।’
भूकम्प, कोरोना महामारीजस्ता संकटका समयमा पनि पत्रकारलाई राहत र उपचार सहयोग पुर्याउँदै आएको बताउँदै बलामीले यस्तो सहयोगले कोषलाई अझ मजबुत र प्रभावकारी बनाउने बताए ।
संघले चलचित्रकर्मी, कलाकार र शुभेच्छुकलाई पनि कोषमा सहभागिता जनाउन आह्वान गरेको छ ।
प्रतिक्रिया 4