+
+
Shares

बेदुराम भुसालले देखेका प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभाले गर्न सक्ने ८ काम

बैठकमा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले के-कस्ता काम गर्न सकिन्छ भनेर विषयहरू राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १४:४५
फाइल तस्वीर

२३ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा समेत राष्ट्रिय सभा क्रियाशील रहन सक्छ । कानुन बनाउन दुवै सभाबाट विधेयक पारित गर्नुपर्छ ।

तर, एउटा मात्रै सभा रहेको अवस्थामा अरू काम के हुन सक्छन् ? यो विषयमा आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा छलफल भएको छ ।

जहाँ राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयमा महासचिव पद्मप्रसाद पाण्डे लगायत समितिका सदस्यहरू र सचिवालयका कर्मचारी उपस्थित रहेका छन।

बैठकमा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले के-कस्ता काम गर्न सकिन्छ भनेर विषयहरू राखेका छन् । उनले राष्ट्रिय सभाले गर्न सक्न ८ काम सुझाए ।

पहिलो : कानुन कार्यान्वयनको मापन गर्न सकिन्छ । जुन सरकार भए पनि कानुन कार्यान्वयनको मापनले सहयोग गर्नेछ ।

दोस्रो : विभिन्न विषयमा स्थलगत अनुगमन गर्न सकिन्छ । तर अनुगमनमा जादा ख्याल गर्नुपर्ने हुन्छ ।

तोस्रो : राष्ट्रिय महत्त्वको विषयहरू पहिचान गरेर छलफल गर्न सकिन्छ ।

चौथो : सभाको अधिवेशन आह्वान भएपछि मन्त्रीहरू तयार भएको अवस्थामा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

पाँचौं : सरकार तयार भए विधेयकहरूमाथि छलफल अगाडि बढाउन सकिन्छ । जो पारित गरेर राख्दा चुनावपछि आउने प्रतिनिधिसभामा पठाउन सकिन्छ ।

छैटौं : सभामा विभिन्न प्रस्तावहरू लगेर छलफल गर्न सकिन्छ । संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्त्वको प्रस्तावहरू अगाडि बढाउन सकिन्छ ।

सातौं : विभिन्न अध्ययन प्रतिवेदनमाथि छलफल चलाउन सकिन्छ।

आठौं : संसदीय समितिका वार्षिक प्रतिवेदनमाथि छलफल र पारित गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?