+
+
Shares

ठगी विज्ञापनबाटै मेटाले कमायो १६ अर्ब डलर

गतवर्षको अन्त्यतिर मेटाले तयार पारेको एक आन्तरिक रिपोर्ट अनुसार कम्पनीको कूल राजस्वको १० प्रतिशत अर्थात् करिब १६ अर्ब डलर उसले स्क्याम तथा प्रतिबन्धित चिजहरुको विज्ञापनबाट आम्दानी गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोसल मिडिया कम्पनी मेटाले आफ्नो कूल राजस्वको करिब १० प्रतिशत स्क्यामयुक्त विज्ञापनबाट आम्दानी गरेको आन्तरिक रिपोर्टले देखाएको छ।
  • मेटाका विभिन्न प्लेटफर्ममा हरेक दिन करिब १५ अर्ब उच्च जोखिमयुक्त विज्ञापन देखाइन्छ र तीबाट कम्पनीले हरेक वर्ष ७ अर्ब डलर कमाउँछ।
  • मेटाका प्रवक्ताले ठगी विज्ञापनबाट अर्बौं डलर कमाएको दाबीलाई भ्रामक भनेका छन् र सन् २०२४ मा १०.१ प्रतिशत आम्दानी ठगीबाट आएको आरोप अतिशयोक्तिपूर्ण बताउनुभएको छ।

२३ कात्तिक, काठमाडौं। प्रयोगकर्ताहरुमाथि भयंकर ठगी हुने फर्जी विज्ञापनहरुबाट सोसल मिडिया कम्पनी मेटाले भने अर्बौं डलर आम्दानी गर्ने गरेको खुलासा भएको छ ।

फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाको आम्दानीको ठूलो हिस्सा ठगी अर्थात् स्क्यामयुक्त विज्ञापनहरुले ओगट्ने गरेको पाइएको छ ।

गतवर्षको अन्त्यतिर मेटाले तयार पारेको एक आन्तरिक रिपोर्ट अनुसार कम्पनीको कूल राजस्वको १० प्रतिशत अर्थात् करिब १६ अर्ब डलर उसले स्क्याम तथा प्रतिबन्धित चिजहरुको विज्ञापनबाट आम्दानी गरेको हो।

रोयटर्सका अनुसार सोसल मिडिया कम्पनी मेटाले कम्तिमा ३ वर्षसम्म फर्जी खालका इ कमर्श तथा लगानी योजना, अवैध अनलाइन जुवा तथा प्रतिबन्धित मेडिकल प्रडक्टको विज्ञापनलाई पहिचान गरी रोक लगाउन सकेन । ती विज्ञापनहरु प्mेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपका अर्बौँ प्रयोगकर्ताहरुले हेर्नुपरेको थियो ।

हरेक दिन देखाइन्छ उच्च जोखिमयुक्त १५ अर्ब विज्ञापन

कम्पनीको आन्तरिक दस्तावेज अनुसार मेटाका विभिन्न प्लाटफर्महरुका हरेक दिन करिब १५ अर्ब उच्च जोखिमयुक्त विज्ञापन देखाइन्छन् । ती विज्ञापनमा प्रष्ट रुपमा ठगीका संकेत हुन्छन् । मेटाले यस्तो खालका विज्ञापनहरुबाट हरेक वर्ष ७ अर्ब डलर कमाउँछ । ती विज्ञापनहरु सिधा रुपमा संदिग्ध देखिने व्यवसायबाट आएका हुन्छन् ।

अर्थात् यसलाई मेटाको आन्तरिक चेतावनी प्रणालीले सजिलैसँग चिन्हित गर्न सक्दछ । कम्पनीले केवल यस्ता विज्ञापनहरुलाई तब प्रतिबन्ध गर्दछ जब उसको स्वचालित प्रणालीले उक्त विज्ञापनले स्क्याम चलाईरहेको भनी ९५ प्रतिशत आँकलन गर्दछ ।

यदि ठगीको सम्भावना कम भएमा मेटाले त्यस्ता विज्ञापनलाई धेरै शुल्क लिएर देखाउँछ । अर्थात् ठगीको सम्भावना हुँदाहुँदै पनि मेटाले धेरै पैसा लिएर त्यस्ता फर्जी विज्ञापन देखाउने गरेको छ ।

कम्पनीको रिपोर्ट अनुसार जो प्रयोगकर्ताले यस्तो खालका विज्ञापनमा क्लिक गर्छन् उनीहरुलाई त्यस्ता विज्ञापन अझै धेरै देखाइन्छ । मेटाको विज्ञापन पर्सनलाइज्ड प्रणालीका कारण यस्तो हुने गरेको हो । यो पद्धतिले प्रयोगकर्ताहरुलाई उनीहरुको रुची अनुसारका विज्ञापन देखाउने प्रयास गर्दछ ।

यदि ठगीको सम्भावना कम भएमा मेटाले त्यस्ता विज्ञापनलाई धेरै शुल्क लिएर देखाउँछ । अर्थात् ठगीको सम्भावना हुँदाहुँदै पनि मेटाले धेरै पैसा लिएर त्यस्ता फर्जी विज्ञापन देखाउने गरेको छ ।

मेटाको सुरक्षा सम्बन्धी पूर्व अनुसन्धानकर्ता सन्दीप अब्राहम बैंकहरुलाई ठगीको माध्यमबाट आम्दानी गर्न नदिने नियामकहरुले प्रविधि कम्पनीहरुलाई पनि त्यसमा रोक लगाउनुपर्ने बताउँछन् ।

उता मेटा कम्पनीका प्रवक्ता एन्डी स्टोनले भने ठगीका विज्ञापनबाट मेटाले अर्बौ डलर कमाएको भन्ने दाबीलाई भ्रामक भनेका छन् । उनका अनुसार सन् २०२४ मा मेटाको कूल आम्दानीको १०.१ प्रतिशत ठगीबाट आएको भन्ने आरोप अतिशयोक्तिपूर्ण हो।

यस्तो खालका विज्ञापनको संख्या कम रहेको र अधकिांस विज्ञापनहरु वैध रहेको मेटाको दाबी छ । यद्यपि उनले त्यस्ता अवैध विज्ञापनको संख्या भने खुलाएका छैनन्। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?