News Summary
Generated by OK AI. Editorially reviewed.- फिलिपिन्समा फुङ–वोङ नामक सुपर आँधीको चेतावनीपछि १२ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
- फुङ–वोङ आँधीले पूर्वी तटमा प्रवेश गर्दा एक जनाको मृत्यु भएको छ र भारी वर्षाको पूर्वानुमान गरिएको छ।
- मनिला र लुजोनमा विद्यालय र सरकारी कार्यालय बन्द गरिएका छन् र करिब ३०० उडानहरू रद्द भएका छन्।
२३ कात्तिक, काठमाडौं । फिलिपिन्समा फुङ–वोङ नामक शक्तिशाली आँधीको चेतावनीपछि १२ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आँधी पूर्वी तटमा प्रवेश गर्नुअघि आएको बाढीले एक जनाको मृत्यु भएको छ ।
केही दिनअघि मात्रै फिलिपिन्समा शक्तिशाली आँधी कालमेगीका कारण २२० जनाको मृत्यु भएको थियो । फुङ–वोङ नामक आँधीले फिलिपिन्समा पुन: वितण्डा मच्चाउने आशंका छ । आँधीसँगै देशका धेरै क्षेत्रमा भारी वर्षाको पूर्वानुमान छ ।
फिलिपिन्सको पूर्वी क्षेत्र बिकोल आइतबार बिहानै आँधीको चपेटमा परेको थियो । आइतबार रातिसम्म आँधी लुजोल द्वीपसम्म पुग्ने अनुमान छ । लुजोन द्वीप फिलिपिन्सको सबभन्दा धेरै जनघनत्व भएको क्षेत्र हो ।
मौसम सेवा पगासाका अनुसार फुङ–वोङ आँधीका दौरान १८५ किलोमिटर प्रतिघण्टाका दरले हावा बहने र मुसलधारे वर्षा हुने अनुमान गरिएको छ ।
फुङ–वोङलाई ‘सुपर आँधी’को दर्जा दिइएको छ । स्थानीयस्तरमा यो आँधीलाई उवान भनिन्छ ।
मुख्य टापु लुजोनसहित राजधानी मनिलामा सोमबारका लागि विद्यालय र सरकारी कार्यालय बन्द गरिएका छन् । मनिलामा मात्रै करिब ३०० उडानहरू रद्द गरिएका छन् ।
मौसमविद्हरूका अनुसार फुङ–वोङले देशका विभिन्न भागमा कम्तीमा २०० मिलिमिटर वर्षा गराउने अनुमान छ ।
वैज्ञानिकहरूले मानव–सिर्जित जलवायु संकटका कारण यस्ता आँधीहरू थप शक्तिशाली बन्दै गएको चेतावनी दिएका छन् ।
तातो समुद्रले तुफानलाई छिट्टै बलियो बनाउँछ र तातो वातावरणले बढी आर्द्रता सम्हाल्ने भएकाले वर्षा पनि झन् शक्तिशाली विज्ञहरूको भनाइ छ ।
प्रतिक्रिया 4