२३ कात्तिक, काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका–६, मिलारेपा गुम्बाभन्दा माथि हिँउले पुरिएर मृत भेटिएका दुई भारतीय पर्यटकको शव सदरमुकाम ल्याइँदैछ ।
भारतीय पर्यटक वर्ष ५२ को जिग्नेशकुमार लल्लुभाइ पटेल र निजको छोरी १७ की प्रियान्शु कुमारी पटेल यही कात्तिक २ गतेदेखि हराइरहेका थिए ।
उनीहरूको शव हिँउले पुरिएको अवस्थामा फेला परेको थियो ।
नेपाली सेनाको नयाँ भैरवीदल गुल्म, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा शव सदरमुकाम चामेस्थित प्रादेशिक अस्पतालतर्फ ल्याउने क्रममा रहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4