News Summary
Generated by OK AI. Editorially reviewed.- सर्जक तथा संगीतकार अनिल अधिकारीले नयाँ गीत ‘कसले भनेको’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्।
काठमाडौं । सर्जक तथा संगीतकार अनिल अधिकारीले नयाँ गीत ‘कसले भनेको’ सार्वजनिक गरेका छन् । यस गीतमा अनिल स्वयं र अस्मिता अधिकारीको स्वर रहेको छ। शब्द र संगीत पनि अनिलकै रहेको छ । गीत उनको युट्युब च्यानल ‘अनिल अधिकारी’ मार्फत सार्वजनिक गरिएको हो।
भिडियोमा सानिसा भट्टराईको प्रस्तुति छ । उनलाई आशीर्वाद क्षेत्री र स्वयं अनिल अधिकारीले साथ दिएका छन्। गीतको एरेञ्ज सारिता राईले गरेकी छन् भने भिडियोको निर्देशन नवेश खड्काले गरेका हुन् भने छायांकन उद्धव दाहालको रहेको छ।
गीतले जीवनप्रतिको सकारात्मक दृष्टिकोण, हाँसो र उत्साहलाई उजागर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4